बिटी कप: उपाधिका लागि गन्नी एफसी र रामघाट भिड्ने
उपाधि राशी १ लाख ८१ हजार १ सय ११ रुपैयाँ
पाेखरा | माघ २८, २०८१
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि गन्नी एफसी र रामघाट एफसी भिड्ने भएका छन् ।
उक्त फाइनल खेल मंगलबार दिउँसो १ बजे पोखरा महानगरपालिका १ स्थित पुुरानो टुंडिेखलमा हुने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार आज (सोमबार) भएको पहिलो सेमिफाइनल खेलमा गन्नी एफसीले चरी सुशान एफसीलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा प्र्रवेश गरेको हो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा रामघाट एफसीले बिग सिटी लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा गन्नी एफसीसँगको भेट पक्का गरेको विनोद गुरुङले बताए ।
उनका अनुसार ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा गत २२ गतेदेखि सुरु भएको प्रतियोगिता भोलि (मंगलबार) सम्पन्न हुनेछ ।
कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...
पोखरा: लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् । पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

